सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    मार्च २९ बाट सुरु हुँदै आईपीएलको नयाँ सिजन, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    एजेन्सी, ४ फागुन। इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट 'आईपीएल' को नयाँ सिजन मार्च २९ बाट सुरु हुने भएकाे छ ।

    उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने भएका छन् । आईपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल चेन्नाईले मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा खेल्नेछ । मार्च २९ बाट सुरु हुने खेलमा लिग चरणको अन्तिम खेल मे १७ मा हुनेछ ।

    लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast