सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    बलात्कारको आरोप लागेका निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ आज

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    काठमाडौं, ४ फागुन । आइतबार निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको  जबरजस्ती करणी अभियोगबारे अन्तिम सुनुवाइ सुरु भएको छ ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने अनलाइनखबरलाई बताए । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’

    यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

    संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

    पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast