शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    सुनको मूल्यले भेट्यो पुरानै रेकर्ड, केहिदिन भाउ अझै बढ्ने

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    काठमाडौं, ४ फागुन । नेपाली बजारमा आइतबार सुनकाे मूल्य बढेकाे छ । सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको हाे ।

    सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनको भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको महासंघको भनाई छ । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।   

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast