सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    नेपालीलाई ल्याउन चीन उड्यो नेपाल एयरलाइन्स

    शनिबार, ३ फागुन २०७६, आहाखबर

    काठमाडौं, ३ फागुन

    कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा हरेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यतातिर उडेको छ ।  शनिबार नेपाली समयअनुसार अपह्न ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइडबडी जहाज वुहानका लागि उडेको हो । 

    चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेको बुझिाएको छ ।

    चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेको बुझिएको छ । स्थानीय समयअनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ।

    उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । चीनबाट फर्किएका १८२ जनालाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast