आईतवार, चैत्र २३, २०७६
    सावधान

    उडिरहेको विमानभित्र बेहोस हुँदा नेपाली यात्रुकाे मृत्यु

    शनिबार, ३ फागुन २०७६, आहाखबर

    काठमाडाैं, ३ फागुन । नेपाल आउने क्रममा उडिरहेकाे विमाभित्र बेहाेस हुँदा एक नेपाली यात्रुकाे मृत्यु भएकाे छ ।

    हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको मृत्यु भएको हाे।

    नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

    हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृत्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले बताए।

    ८० प्रतिशत मस्तिष्क नष्ट भई मस्तिष्कमा रगत जमेकाले उनलाई बचाउन नसकएिको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै रजिन राईले बताए।

    आफन्त राईका अनुसार मृतकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast