बिहिवार, चैत्र २०, २०७६
    बैंक-बीमा

    ललिता निवासकाे जग्गा सिटिजन्स बैंकमा धितो नरहेको स्पष्ट

    शनिबार, ३ फागुन २०७६, आहाखबर

    काठमाडौं, ३ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडिएको प्रति बैंकले ध्यानाकर्षण गराएकाे छ ।

    सो बैंकले ललिता निवासको कुनै पनि जग्गा सिटिजन्स बैंकमा धितो राखेर ऋण नदिएकाे विज्ञप्ती मार्फत स्पष्ट पारेको हाे ।

    केहि सञ्चार माध्यमद्वारा सम्प्रेषित समाचारमा आफ्नो नाम जोडिएको भन्दै बैंकले सो कुराको खण्डन गर्दै सो कुराको भ्रममा नपर्न पनि सबैमा अनुरोध गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै विभिन्न बैंकको अर्बौँ लगानी जोखिममा परेको छ । अनाधिकृत खरिदबिक्री गरिएको ललिता निवासको ११४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौ ऋण लिएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त तथ्याङ्कअनुसार कुल १२ वटा बैंक तथा वित्तीय संस्था र एउटा सहकारी संस्थासमेत गरी १३ वटा संस्थाबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । राष्ट्र बैंकले पनि ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरुको अनुसन्धान शुरु गरिसकेको छ ।  

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast