बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणमा आउँदै

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    एजेन्सी, २ फागुन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भारत भ्रमणमा आउने भएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भारत भ्रमणको मितिसमेत तय गरिसकेको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी फागुन १२ गते भारत आउन लागेका हुन्। भ्रमणका क्रममा उनले दिल्ली र अहमदावादको भ्रमण गर्ने छन्।

    भ्रमणमा ट्रम्पसँगै अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पसमेत आउँदैछिन्। मेलानियाले ट्विट गरेर भारत भ्रमणको निम्तोका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिइसकेकी छिन्। मोदीले ट्विटमार्फत नै अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउन लागेको र भ्रमण दुबै देशका लागि विशेष हुने उल्लेख गरेका थिए।

    उनले अहदावादको स्टेडियममा जनसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। भ्रमणका क्रममा भारत र अमेरिकाबीच व्यापार सम्झौता हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सन् २०१० र २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आएका थिए। भारतीय प्रधानमन्त्री माेदी राष्ट्रसंघीय महासभामा भाग लिन जाँदा ट्रम्पसँग भेट गरेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast