आईतवार, फागुन ११, २०७६
    कला-सौन्दर्य

    लोकगायक पशुपति शर्माकाे 'लुट्न सके लुट' भाग–२ बजारमा

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    काठमाडौं, २ फागुन । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ गितकाेभाग-२ ल्याएका छन् । उनकाे 'जता नी चोर' बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । 

    उनले यसअघि ल्याएको 'लुट्न सके लुट' गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् । 

    यस गीतामा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् । 

    अन्तिममा उनले नेपाल भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउन आह्वानसमेत गीतमार्फत गरेका छन् ।

    समय सान्दर्भिक विषयवस्तुलाई लोक भाकामा ढालेर गीत बनाउने पशुपति शर्मा गतसालको चर्चिच गीत लुट्न सके लुट गीत कै भाग दुई रहेको उल्लेख गरेका छन् । उक्त गीतका केही शब्द र भिडियोका दृश्यमा सत्तारुढ दल नेकपाका केही व्यक्तिले आपत्ति जनाएपछि उक्त गीतको पक्ष विपक्षमा ठूलो वादविवाद चलेको थियो ।  सामाजिक सञ्जालमा मात्रै नभएर सडक, सदनसम्म उनको गीतले चर्चा पाएको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast