बिहिवार, चैत्र २७, २०७६
    ब्राण्ड/संगठन

    साओमीकाे नयाँ फाइभजी स्मार्टफोन बजारमा

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    पेचिङ, २ फागुन ।  साओमीकाे नयाँ फाइभजी स्मार्टफोन सार्वजनीक भएकाे छ ।चिनियाँ स्मर्टफोन निर्माता कम्पनी साओमीले नयाँ फाइभजी स्मार्टफोन लञ्च गरेको हाे । 

    कम्पनीले बिहीवार पाँचौं पुस्ता 'फाइभजी'को दूरसञ्चार नेटवर्कमा चल्ने फल्यागशीप स्मार्टफोनहरु लञ्च गरेको हो । घरेलु बजारमा विक्री घट्दै गइरहेको बेलामा सीमापारका बजारमा विक्री बढाउन कम्पनीले ती फोन ल्याएको हो । 

    कम्पनीले पेचिङस्थित मुख्यालयमा आयोजित एक कार्यक्रममा एमआई टेन, एमआई टेन प्रो सार्वजनिक गरेको छ । यी दुबै उपकरण अन्तरराष्ट्रिय बजारमा विक्रीका लागि  पठाउनु अघि कम्पनीले चिनियाँ बजारमा उपलब्ध गराउनेछ । 

    यी दुबै उपकरणमा ६.६७ इञ्चको फूल एचडी डिस्प्ले रहेको छ । क्वालकमको स्न्यापड्र्यागन ८६५ प्रोसेसर जडित यी फोनमा चार ओटा क्यामरा राखिएको छ । 
    यी मध्ये एउटा क्यामरामा भने सामसङले विकास गरेको १०८ मेगापिक्सलको सेन्सर राखिएको छ । चीनको बजारमा एमआई टेन फेबु्रअरी १४ देखि नै विक्रीका लागि उपलब्ध हुनेछ । 

    यसको शुरुआती मूल्य ३ हजार ९९९ युआन रहेको छ । एमआई टेन प्रो भने फेबु्रअरी १८ देखि मात्रै विक्रीका लागि उपलब्ध हुने र यसको शुरुआती मूल्य ४ हजार ९९९ युआन रहेको बताइएको छ । पछिल्लो समय चिनियाँ उपभोक्ताहरुमा फाइभ जीको चाहना बढेको छ । यसको लाभ नयाँ फोनलाई हुने आशा साओमीको छ । 

    यी उपकरणले घरेलु बजारमा कम्पनीको विक्री बढाउन मद्दत मिल्नेमा कम्पनी आशावादी छ । साओमीले यसै वर्ष चीनमा फाइभजी चल्ने १० ओटा मोडल ल्याउने योजना बनाइरहेको छ । चीनमा कम्पनीको विक्री घटिरहेको भएपनि विश्व बजारमा भने राम्रै छ । 

    घरेलु बजारमा विक्री सुस्ताउन थालेपछि कम्पनीले भारतलगायत बजारमा ध्यान दिइरहेको छ । गत वर्ष विश्व बजारमा कम्पनीको स्मार्टफोन विक्री साढे ५ प्रतिशतले बढेको बजार अनुसन्धाता संस्था आईडीसीले बताएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast