बिहिवार, चैत्र २७, २०७६
    सावधान

    आफैँलाई पेटमा गोली हान्दा प्रहरी गम्भीर घाइते

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    सिन्धुली, २ फागुन । सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले आफ्नै पेटमा गाेली प्रहार गरेका हुन् ।

    महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएकाे प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताए ।

    उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बताए। प्रहरी उपरीक्षक सिग्देलले भने, 'रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौं।'

    गोली हान्नुको कारण  खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast