आईतवार, फागुन ११, २०७६
    राज्य-समाज

    प्रधानमन्त्रीको संसद संबोधन : सरकारको दुई वर्षे समिक्षा

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    काठमाडौं, २ फागुन । सरकार बनेको दुईवर्षको अवधिमा भए गरेका कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

    शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हाे । 

    आज २ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने उल्लेख गरिएको छ ।

    प्रधानमन्त्रीको सचिवालयले पनि सरकार बनेको दुई वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast