आईतवार, फागुन ११, २०७६
    बिदेश

    भारतसँगको व्यापार सम्झौता पुनर्स्थापना अमेरिकाद्वारा अस्वीकार

    शुक्रबार, २ फागुन २०७६, आहाखबर

    एजेन्सी, २ फागुन ।  फेब्रुअरीको अन्तिम साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउने भएका छन् ।

    ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिका-भारतबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको थियो । भारतीय सञ्‍चारमाध्यमहरुबाट ट्रम्पको भारत भ्रमणका क्रममा ठूलो व्यापार सम्झौतापत्रमा हस्ताक्षर हुनेु समाचारहरु बाहिरिएका छन्। 

    तर, भारतले अपेक्षा गरे अनुरुप र भारतीय सञ्‍चामाध्यमले लेखेअनुसार ट्रम्पको भारत भ्रमणका क्रममा उक्त सम्झौता नहुने भएको एसिया टाइम्सले उल्लेख गरेको छ । अमेरिकाको जनरलाइज्‌ड सिस्टम अफ प्रिफेरेन्सेस 'जीएसपी' स्कीम अर्थात अमेरिकाबाट आयात गर्ने वस्तुमा विशेष छुटको योजनाबाट लाभ लिने भारतको आशा निराशामा परिणत हुने भएको छ । 


    अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले भारतलाई विकसित मुलुकको सूचीमा राखेको हुँदा उक्त योजनाअन्तर्गत भारतले लाभ लिन नसक्ने नसक्‍ने जनाएको हो । यो स्किम विकासशील मुलुकहरुका लागि भएको जनाइएको छ । यस स्किमअर्न्तगत अटोमोबाइल्सदेखि टेक्सटाइल्ससम्मका दुई हजार वस्तुमा विशेष छुटको व्यवस्था गरिएको छ । 

    यस विशेष व्यापार योजनाअन्तर्गत भारतीय निर्यातकर्ताहरुलाई अमेरिकासम्म ट्‍यारिफ-फ्रि पहुँच प्राप्त गर्न सकिने प्रस्ताव गरिएको थियो । कंग्रेसनल रिसर्च सर्भिस रिपोर्टका अनुसार भारत सन् २०१७ को ५.७ बिलियन आयातित सामानको सबभन्दा ठूलो लाभग्राही मुलुक भएको जनाइएको छ । 

    अमेरिकाले प्रति व्यक्ति आय १२ हजार ३७५ अमेरिकी डलरभन्दा कम भएको र विश्व व्यापारमा ०.५ प्रतिशत सेयर भएको मुलुकलाई लाभग्राही मुलुकको रुपमा छनोट गर्दछ । अमेरिकी प्रतिनिधिका अनुसार भारतले विश्वव्यापारमा आवश्य हुने सेयरभन्दा बढी हिस्सा ओगटेको छ । सन् २०१७ मा भारतको विश्व व्यापार बजारमा २.१ प्रतिशत निर्यात गरेको थियो भने २.६ प्रतिशत आयात गरेको थियो । 

    गत जुनमा भारतले अमेरिकी कम्पनीलाई 'समान र उचित पहुँच' प्रदान गर्न सक्‍ने प्रतिबद्धता व्यक्त नगरेपछि अमेमेरिकाले भातरलाई दिइने विशेष व्यापार योजनाको अन्त्य गरेको थियो । भारतले व्यापारमा अवरोध सिर्जना गरेकोले त्यसको नकारात्मक असर अ‍ेमरिकि वाणिज्य क्षेत्रमा पर्ने ठहर गरेको थियो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा भारतलाई छुट दिइएका ५० वटा वस्तुमा छुट नदिइने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि भारतीय वाणिज्य र उद्योगमन्त्री पियुस गोयलले भारतलाई कसैको छुट आवश्यक नभएको र आफैं प्रतिस्पर्धा गर्न सक्षम भएको प्रतिक्रिया दिएका थिए । यद्पि मन्त्रालयले भारत-अमेरिकाको व्यापार वार्तालाई पनि जारी राखेका छन् । 

    भारतीय व्यापारीहरुले भारतीय निर्यात प्रेसरमा परेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको बताएका थिए । 

    भारतीय सञ्‍चारमाध्यम सीएनबीसीले रक्षा, उर्जा, मेडिकल र कृषि क्षेत्रका विषयमा भने वार्ता हुने जनाएको छ । त्यसैगरी ट्रम्पको भ्रमणअघि २.६ बिलियन डलरको सैन्य हेलिकोप्टरका लागि पनि सहमति दिने भारतको तयारी रहेको रोयटर्सले जनाएको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast