आईतवार, फागुन ११, २०७६
    कला-सौन्दर्य

    ‘दस बहाने’ बोलको गीत रिमेक हुँदा टाइगर र श्रद्धाको आलोचना

    बिहिवार, १ फागुन २०७६, आहाखबर

    काठमाडौं, १ फागुन

    सन् २००५ मा रिलिज भएको बलिउड चलचित्रको टाइटल गीत ‘दस बहाने’ त्यसबेलाको सर्वाधिक चर्चित गीतमध्येको एक थियो।

    सोही गीत टाइगरु श्रोफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ मा रिमेक गरिएको छ।

    हाल यूट्युबमा टाइगर र श्रद्धाको नृत्य र अभिनय रहेको दस बहाने २.० गीत सार्वजनिक भएको छ।

    यो गीत सार्वजनिक भएसँगै भारतका दर्शकले टाइगर र श्रद्धाको आलोचना गरेका छन्। उनीहरुले चलचित्रका निर्माताको पनि आलोचना गरेका छन्।

    यस गीत बाघी ३ का लागि छनौट गरिनु गलत भएको केहीले बताइरहँदा श्रद्धा र टाइगरको अभिनय पुरानोभन्दा निकै फितलो भएको प्रतिक्रिया आइरहेको छ।

    यस गीत रिमेक गरेर आफ्नो बाल्यकालको खुशी खोसेको एक ट्वीटर प्रयोगकर्ता नभेन्दु बोसले बताएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast