बिहिवार, चैत्र २७, २०७६
    खेल संसार

    नयाँ प्रशिक्षक नआउँदासम्म टमाटाले राष्ट्रिय टोली सम्हाल्ने

    बिहिवार, १ फागुन २०७६, आहाखबर

    काठमाडौं, १ फागुन

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ नेतृत्वको लागि चर्चा भएको थियो ।

    टमाटाले अब नेपाली टोलीमा नयाँ प्रशिक्षक नआउँदासम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् । पटवालको स्थानमा रिक्त रहेको जिम्मेवारीमा टमाटालाई राखिएको हो ।

    नेपाली टोलीको जिम्मेवारी लिएका पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी यसअघि नै राजीनामा बुझाएका थिए ।

    आईसीसीले पटवालको राजीनामा भने स्वीकृत गरेको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast