बुधबार, फागुन ७, २०७६
    यातायात

    काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन

    बिहिवार, १ फागुन २०७६, आहाखबर

    काठमाडौं, १ फागुन । काठमाडौं  महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । 

    सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

    बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

    विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast