आईतवार, फागुन ११, २०७६
    आर्थिक खबर

    फेरि बढ्यो सुनको भाउ, कति छ आजको बजार मूल्य ?

    बिहिवार, १ फागुन २०७६, आहाखबर

    काठमाडाैं, १ फागुन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हाे ।

    बुधबार प्रतितोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज ७६ हजार पुगेको छ ।

    यस्तै आज तेजावी सुनकाे मूल्य पनि ३ सय रूपैयाँले नै बढेर ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

    चाँदीको मुल्य पनि बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैया पुगेको छ। हिजाे चाँदी प्रतिताेला ८ सय ७५ रूपैयाँमा काराेबार भउकाे थियाे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast