आईतवार, फागुन ११, २०७६
    आर्थिक खबर

    कति छ आज सुनचाँदीको मूल्य ?

    बुधबार, २९ माघ २०७६, आहाखबर

    काठमाडौं, २९ माघ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

    मंगलबार तोलामा ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज तेजावी सुन तोलामा ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast