मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    रुघाखोकी-ज्वरो जाँच्न स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

    बुधबार, २९ माघ २०७६, आहाखबर

    काठमाडौं, २९ माघ । स्वास्थ्य मन्त्रालयको टोली ज्वरो, रुघाखोकी र झाडापखाला जाँच गर्न सिन्धुपाल्चोक लागेकाे छ ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको हाे।

    जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । उहाँहरुले कोरोना हो वा होइन जाँच गर्ने भन्नुभएको छ ।’

    सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी रहेको गाउँमा पठाउने उनले बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast