बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    दिल्ली विधानसभा चुनाव : आम आदमी ५३ सीटमा विजयी, नौ सीटमा अझै अग्रता

    मंगलवार, २८ माघ २०७६, आहाखबर

    काठमाडौं, २२ माघ

    भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५३ सीटमा विजय भएको छ भने अझै नौ सीटमा अग्रता लिएको छ । 
     
    कुल ७० सीटको विधान सभामा आपले ५३ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जित निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ । 

    दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast