बुधबार, फागुन ७, २०७६
    विज्ञान/प्रविधि

    तपाईंकाे पासवर्ड ह्याक भएको छ? गुगलमार्फत् यसरी पत्ता लगाउनुहाेस्

    मंगलवार, २८ माघ २०७६, आहाखबर

    काठमाडाैं, २८ माघ । पछिल्लाे समय पासवर्ड ह्याक भएका धेरै घटनाहरू बाहिर आउने गरेका छन् । अब गुगल माफर्त हामीले आफ्नो पासवर्ड ह्याक भए-नभएकाे पत्ता लगाउन सक्ने भएका छाैं ।

    सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबारका दिन 'फेब्रुवरी ११'मा गुगलले नयाँ सुविधा थपेको छ। यसबाट तपाईंले आफ्नो पासवर्ड ह्याक भएको छ वा छैन भन्ने थाहा पाउन सक्नुहुन्छ।

    यसबाहेक गुगलको पासवर्ड चेकअप फिचरले तपाईंले कतिपटक एउटै पासवर्ड प्रयोग गर्नुभएको छ र गुगलसँग जोडिएका तपाईंका कुन–कुन पासवर्ड कमजोर छ पनि पत्ता लगाउनेछ।

    कसरी गर्ने परीक्षण ?

    गुगलको पासवर्ड चेकअप सेवा प्रयोग गर्न पासवर्डस् डट गुगल डट कमबाट जान सक्नुहुन्छ। यसबारे गुगल इन्डियाले ट्वीट पनि गरेको छ। 

    यसले तपाईंको गुगल एकाउन्टसँग जोडिएका वेभसाइट र एपहरूको सूची पनि देखाउँछ। त्यसबाट तपाईंले ती एप वा वेभसाइटका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast