मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    कोरोना भाइरसबाट एक दनिमै १७ जनाको मृत्यु

    मंगलवार, २८ माघ २०७६, आहाखबर

    एजेन्सी, २८ माघ । एकै दिनमा कोरोनाबाट १७ जनाकाे मृत्यु भएकाे छ । सोमबार कोरोनाबाट थप ९७ जनाको मृत्युलाई हालसम्मकै ठूलो क्षति बताइएको छ ।

    यस्तोमा चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ९०८ पुगेको छ तर नयाँ संक्रमितहरुको सङ्ख्या भने केही स्थिर भइरहेको जनाइएको छ । चीनमा हाल ४० हजार बढी कोरोनाका संक्रमक बिरामी छन् भने १ लाख ८७ हजार ५१८ लाई स्वास्थ्यकर्मीहरुले निगरानीमा राखेका छन् । 

    यता जापानको एउटा जहाजमा ६० जना थप यात्रुहरु पनि कोरोनाबाट संक्रमति रहेको पत्ता लागेपछि जहाजलाई नै क्वारेन्टाइन बनाइएको छ । उक्त जहाजका ३,७०० यात्रुमध्ये १३० जना संक्रमित भइसकेका छन् । चिनियाँ तथ्याङ्कका अनुसार हालसम्म ३,२८१ बिरामी ठीक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार मात्र लाखौँ मानिसहरु लुनार नयाँ वर्षको लामो बिदाबाट कार्यालयमा फर्किएका हुन् । यसरी चिनियाँहरुको सबैभन्दा ठूलो चाड लुनार नयाँ वर्षको बिदा यसअघि कोरोनाकै कारण लम्ब्याइएको थियो । तर कर्मचारीहरु कार्यस्थलमा फर्किएपनि कामको तालिका लगायत विभिन्न पक्षबारे आवश्यक सावधानी अपनाइने बताइएको छ । 

    शनिबार मात्र नयाँ कारोनाबाट मृत्यु हुनेको सङ्ख्याले सार्स महामारीको रेकर्ड तोडेको थियो । २००३ मा चीनबाटै सुरु भएको उक्त रोगले विश्वव्यापी रुपमा ७४४ मानिसको मृत्यु भएको थियो । यसबीच शनिबार विश्व स्वास्थ्य संगठनले चीनमा नयाँ संक्रमितहरुको सङ्ख्या स्थिर हुँदै गएतापनि भाइरस उच्च बिन्दुमा पुगिसकेको, अझै निश्चित भन्न नसकिने चेतावनी दिएको हो । आइतबार बेलुकी संगठनले भाइरस संक्रमण रोक्न मद्दत गर्न एक अन्तर्राष्ट्रिय मिसन पनि पठाएको घोषणा गरेको हो । १ करोड १० लाख मानिस बस्ने चीनको वुहानबाट पहिलोपटक सुरु भएको सो भाइरसका कारण त्यहाँका बासिन्दा हप्तौँदेखि शहरमै थुनिएका छन् । 

    २७ वटा देशमा फैलिसकेको सो भाइरसले चीन बाहिर भने २ जनाको मृत्यु गराएको छ । यस्तोमा आइतबार विश्व स्वास्थ्य संगठनका अध्यक्षले चीन नगएका मानिसबाट पनि भाइरस सर्नु सबैभन्दा ठूलो र अनियन्त्रित खतरा हुन सक्नेबारे चेतावनी दिएका हुन् । उनले भनेका छन्, “चीन भ्रमणमा नगएकाहरुबाट पनि भाइरस फैलिरहेका केही घटना अत्यन्तै चिन्ताजनक छन् । यस्ता घटना अहिले थोरै मात्र भइरहेपनि, छिटै व्यापक रुपमा फैलन सक्ने संंकेत दिइरहेको छ । ” यसअघि दक्षिण कोरियाले भाइरस फैलनड डरले अस्थाइ रुपमा सबै जहाजहरुको आवतजावतमा रोक लगाएको थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast