बुधबार, चैत्र २६, २०७६
    मुभी-थिएटर

    कोरियन चलचित्र ‘प्यारासाइट’ले ओस्कार जितेर रच्यो इतिहास

    सोमबार, २७ माघ २०७६, आहाखबर

    काठमाडौं, माघ २७

    दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ।

    हलिउडका चर्चित अभिनेता ब्राड पिटले पहिलो ओस्कार अवार्ड प्राप्त गर्न सफल भएका छन्। ५६ वर्षको उमेरमा ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’मा गरेको अभिनय बापत् ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड पाएका हुन्।

    ‘वन्स अपन अ टाइम इन हलिउड’बाट उत्कृष्ट सहयोगी कलाकारको ओस्कार पाउँदा यसै चलचित्रका लियोनार्दो डि क्याप्रियो उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए।

    यद्यपी उक्त अवार्ड 'जोकर'का अभिनेता जोआक्वीन फिनिक्सले जिते।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast