बुधबार, फागुन ७, २०७६
    लाइफस्टाइल

    यस्ताे रहने छ आगामी तीन दिनको मौसम !

    सोमबार, २७ माघ २०७६, आहाखबर

    काठमाडौं २७ माघ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

    महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

    महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहने जनाएको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ २७ गते (सोमबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    माघ २८ गते (मंगलबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    माघ २९ गते (बुधबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast