मंगलवार, चैत्र २५, २०७६
    खेल संसार

    शहीद स्मारक ए डिभिजन लिगमा मनाङ र एनआरटी खेल्दै

    आईतवार, २६ माघ २०७६, आहाखबर

    काठमाडाैं २६ माघ।

    खराब मैदानका शनिबार रद्द भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) को खेल आज हुँदैछ ।

    खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा रद्द भएको थियो ।

    अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङ उपाधि होडबाट लगभग बाहिर छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।

    लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ ।

    एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटीको शीर्ष ६ मा अट्ने सम्भावना बलियो बन्नेछ ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast