मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    कोरोना प्रभावित देशलाई अमेरिकाले १० करोड डलर दिने

    शनिबार, २५ माघ २०७६, आहाखबर

    वासिङ्टन, २५ माघ

    कोरोना भाइरसको सामना गरिरहेका चीन र अन्य मुलुकलाई अमेरिकाले १० करोड डलरसम्मको आर्थिक सहायता गर्ने घोषणा गरेको छ ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले यस्तो बताएका हुन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले अमेरिकी प्रतिवद्धतासँग सहकार्य गर्न पनि थप मुलुकलाई आग्रह गरेका छन् । बारम्बार चीनको आलोचना गरिरहने पोम्प्योले यस पटक चीनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न तयार रहेको बताएका हुन् ।

    अमेरिकाले चीनलाई प्रत्यक्ष तथा वहुपक्षीय संस्थाहरु मार्फत पनि सहायता गर्नसक्ने पोम्प्योले जनाए । यसअघि पोम्प्योले मानवअधिकार लगायत विषयमा चीनको कडा आलोचना गर्ने गर्थे ।

    अमेरिकाले यसअघि नै १७ दशमलब ८ टन मास्क, गज, गाउन लगायत मेडिकल सामग्री चीनलाई सहयोग गरेको छ ।

    दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसबाट ३१ हजार मानिस संक्रमित छन् । ६ सय ३० जनाको मृत्यु भइसकेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast