बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    चीनमा १९ विदेशी नागरिक कोरोना संक्रमित, नेपाली पनि परेको आशंका

    शुक्रबार, २४ माघ २०७६, आहाखबर

    काठमाडौं, २४ माघ

    चिनमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसबाट बिहीवार थप ७३ मानिसको मृत्यु भएको छ । यसबाट मृतकको संख्या बढेर ६ सय ३६ पुगेको छ ।

    अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३१ हजार पुगिसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रवार वुहान प्रान्तमा ६९ जना र अन्य प्रान्तमा ४ जना मारिएको पुष्टि गरेको छ ।

    स्वास्थ्य आयोगले एक दिनमा थप ३ हजार १ सय ४३ मानिस संक्रमित भएको बताएको छ । बिहीवारसम्म १ हजार ५ सय ४० जनालाई उपचारपछि घर फिर्ता गरिएको आयोगले बताएको छ ।

    यससँगै चीनमा रहेका १९ विदेशी नागरिकलाई संक्रमण भएको छ । उनीहरू कुन कुन देशका हुन् भन्ने अहिलेसम्म केही खुलाइएको छैन । संक्रमितमध्ये नेपाली पनि परेको हुनसक्ने आशंका गरिएको छ ।

    बिहीवार वेनलियाङ नामका एक डाक्टरको पनि भाइरसको संक्रमणका कारण निधन भयो । उनले कोरोना भाइरसका बारेमा पहिलोपटक बोलेका थिए ।

    चीनले १५ सय शय्याको अर्को नयाँ अस्पताल बनाएको छ । हुवेइ प्रान्तमा अस्पतालमा रहेका शय्याको संख्या कम रहेको भन्दै सरकारले थप १५ सय शय्याको अस्पताल बनाएको हो । यससँगै चीनमा टेन्ट अस्पताल र मोबाइल क्लिनिक पनि शुरू भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast