मंगलवार, चैत्र २५, २०७६
    खेल संसार

    भारतमा चम्किँदै सावित्रा, ४ खेलमा १२ गोल

    शुक्रबार, २४ माघ २०७६, आहाखबर

    काठमाडौं, २४ माघ

    नेपाली महिला फूटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेकी छन् ।

    चौथो संस्करणको भारतीय महिला फूटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म ४ खेलमा १२ गोल गरिसकेकी छन् ।

    जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छन् ।

    सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन् ।

    दोस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन् ।

    गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन् । सेथु गत संस्करणको च्याम्पियन पनि हो ।

    सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन् । लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast