सोमबार, चैत्र २४, २०७६
    सावधान

    तपस्वी बमजनलाई खोज्दै उनकाे आश्रम पुग्यो प्रहरी

    शुक्रबार, २४ माघ २०७६, आहाखबर

    सिन्धुली, २४ माघ । प्रहरी टोली आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए । खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई 'बमजन'लाई फेला पारेका छैनौं ।’

    जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो ।

    बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी' को टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast