मंगलवार, चैत्र २५, २०७६
    खेल संसार

    जोफ्रा आर्चरले आइपिएल गुमाउने

    बिहिवार, २३ माघ २०७६, आहाखबर

    एजेन्सी, २१ पुस

    इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।

    दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर राजस्थान रोयल्सबाट आइपिएल खेल्ने गर्दछन् । आधुनिक क्रिकेटमा वाउन्सर बलको राजा मानिने आर्चर नहुँदा इंग्ल्यान्ड र राजिस्थान रोयल्स दुबैलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

    आर्चरलाई सन् २०१८ को अक्सनमा राजस्थानले ७.२० करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । गत जुलाईमा भएको एकदिवसिय विश्वकप इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन आर्चरले महत्वपूर्ण प्रर्दशन गरेका थिए । आर्चरले विश्वकपमा ११ खेलमा २० विकेट लिएका थिए भने फाइनलमा सुपर ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।

    आगामी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न शहरमा हुने छ । यस पटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast