बुधबार, चैत्र २६, २०७६
    कला-सौन्दर्य

    'सोचेजस्तो हुन्न जीवन’: जब गीतकारको गीत उनकै जीवनमा मेल खायो

    बुधबार, २२ माघ २०७६, आहाखबर

    काठमाडौं, २२ माघ

    बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा प्रकरणमा मुछिएका पूर्व सचिव दिनेशहरि अधिकारीको अर्को बलियो पाटाे छ गीत लेखन।

    कालजयी गीतका रचनाकार उनी स्रष्टाका रूपमा दिनेश अधिकारीका नामबाट परिचित छन्। मदन पुरस्कार समेत जितिसकेका उनले लेखेकाे कालजयी गीतको बोल हो:

    सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
    जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

    स‌ंयोग, प्रशासकका रूपमा उनले गरेको निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुरजन्य देखेर बुधबार आराेपी बनाउँदै मुद्दा दर्ता गरेको छ। र उनी भ्रष्टारको आराेपी बने। अख्तियारले उनीविरुद्ध ९ करोड ६५ लाख ६० हजार बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिसक्यो। 

    उनले २०३८ सालमा नासु पदबाट सरकारी सेवा सुरु गरेका हुन्। कुनैबेला उनी आफैं पनि अख्तियार दुरुपयोग गर्नेहरु विरुद्ध मुद्दा चलाउँथे। कुनै बेला उनी आयोगमा सहसचिव थिए। २०६६ मा उनी सचिवमा बढुवा भए।

    अदालतको इजलाससम्म पूर्याउने प्रकरण उनी भूमिसुधार तथा व्यवस्था सचिवहुँदा गरेको निर्णय हो।

    २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी भुमिसुधार सचिव थिए। बालुवाटारमा रहेको ३ राेपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न उनले नै सिफारिस गरेका थिए। त्यो बेला मुख्य सचिव थिए लिलामणि पाैडेल। 

    पछि त्यो जग्गा व्यक्तिको नाममा गयो। अख्तियारको अनुसन्धानमा सरकारी जग्गालाई व्यक्तिगत बनाउन भूमाफियाको योजना अनुसार गुठिको बनाएको खुल्यो र निर्णय प्रक्रियामा संलग्न अनुसन्धानमा तानिए।

    बाबुराम र लिलामणिले क्लिन चिट पाए अख्तियारबाट उनी भने तानिए। अख्तियारले उनलाई राष्ट्रसेवकले आफू वा अरुलाई गैह्रकानुनी लाभ पुर्‍याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैह्रकानुनी हानी पुर्याउने काम गरेको निष्कर्ष निकाल्यो।

    कवि हृदयमा उनलाई आफ्नै गीतका यी लाइन ताजा भएर आएका हुन सक्छन्ः

    पीडाहरू बटुलेर रोइरहुँ जस्तो लाग्छ 
    खुशीहरू बटुलेर हाँसिरहुँ जस्तो लाग्छ

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast