बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    ललिता जग्गा प्रकरण: तीन पूर्वमन्त्रीबिरुद्ध मुद्दा दर्ता

    बुधबार, २२ माघ २०७६, आहाखबर

    काठमाडौं, २२ माघ

    बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संलग्न रहेका १ सय ७५ जना आरोपितहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

    आरोपितहरुमा नेपालकी कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसहित तीनजना पूर्वमन्त्री पनि रहेका छन् ।  प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेब जोशीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

    अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध मुद्दा दायर भएको हो ।  । गच्छदार सो समय उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री थिए। यस्तै श्रेष्ठ र जोशी भुमिसुधारमन्त्री थिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast