सोमबार, चैत्र २४, २०७६
    सावधान

    रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

    बुधबार, २२ माघ २०७६, आहाखबर

    काठमाडौं, २२ माघ । बुधबार बिहान  ७२ वर्षीय वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

    पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । उनको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

    नेपाली सञ्चार जगतका अग्रणी शर्मा छापा तथा प्रसारण पत्रकारिताका अभिभावकसमेत रहेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धकसमेत रहेर काम गरिसकेका शर्माले नेपाल टेलिभिजनमा चलाउने कार्यक्रम विश्व घटना निकै चर्चित रहेको थियो ।

    त्यसका साथै शर्माले रेडियो नेपालमा समेत समाचार बाचन गरेका थिए । इलाम जिल्लामा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ समेत हुन् ।शर्माका दुई छोरा र एक श्रीमति छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast