सोमबार, चैत्र २४, २०७६
    आर्थिक खबर

    ताेलामा ८ सय रूपैयाँले घट्याे सुनकाे भाउ

    बुधबार, २२ माघ २०७६, आहाखबर

    काठमाडाैं, २२ माघ । नेपाली बजारमा सुनकाे मुल्य आज प्रतिताेला ८ सय रूपैयाँले घटेकाे छ । बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

    यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast