बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन : यादव

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    सप्तरी, माघ २१

    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन गराएरै छाड्ने बताएका छन् ।

    सप्तरीको राजविराजमा मंगलबार आयोजित संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    आफूहरु शक्ति निर्माणको क्रममा अगाडि बढेको जनाउँदै यादवले जनविद्रोहको बाटो अवलम्बन गरिने उद्घोष गरे ।

    राष्ट्रिय जनता पार्टीसँगको एकता अपरिहार्य रहेको र चाँडै एकता हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast