मंगलवार, चैत्र १८, २०७६
    कला-सौन्दर्य

    टिकटककी प्रिज्मा ‘बले’की प्रेमिका !

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडौं, २१ माघ

    टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका सागर लम्साल क्षेत्री ‘बले’ ले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।

    उनको प्रेमीका पछिल्लो समयको चर्चित कलाकार हुन् । टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्टबाट बुझ्न सकिन्छ ।

    टिकटकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले ‘रनभुल’ नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् ।

    हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा लोभलाग्दो छ । यतिबेला बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागे पनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast