बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    बुधबार ओमानविरुद्ध भिड्दै नेपाल, हेड टु हेडमा ओमान नै अघि

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडाैैैं, २१ माघ

    सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको आइसिसी विश्वकप लिग-२ मा नेपालले बुधबार डेब्यू गर्दैछ। नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरुद्ध खेलेर लिग-२ मा डेब्यू गर्न लागेको हो।

    लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरुप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।

    लिगको डेब्यू खेल घरेलु मैदानमा खेल्ने भए पनि नेपालका लागि सहज भने छैन। किनकी ओमान र अमेरिका दुवै पछिल्लो समय लयमा देखिएका टिम हुन्। अमेरिका त लिग-२ को शीर्ष स्थानमा नै छ। पछिल्लो समय ओमान क्रिकेटले प्रगती गरिरहेको छ।

    अझ नेपालले ओमानलाई विगत ७ वर्षदेखि हराउन सकेको छैन। नेपालले सन् २०१३ पछि ओमानविरुद्ध खेलेका चारै खेलमा हार बेहोरेको छ। त्यसअघिका तीन खेलमा भने नेपाल विजयी भएको थियो।

    पछिल्लो पटक नेपाल र ओमानबीच पछिल्लो पटक सन् २०१८ अगस्ट १८ मा एसिया कप छनोटमा प्रतिस्पर्धा भएको थियो। मलेसियामा भएको प्रतिस्पर्धामा नेपाल ७ विकेटले पराजित भएको थियो।

    त्यसअघि सन् २०१८ मै डिभिजन २ को प्रतिस्पर्धा पनि नेपालमाथि ओमानले ६ विकेटको जित हात पारेको थियो। २०१५ भएको प्रतिस्पर्धामा पनि नेपालले ३ विकेटले खेल गुमाएको थियो।

    २०१४ मा एसिसी प्रिमियर लिगमा नेपालमाथि ओमानले झिनो अन्तरले जित हात पर्ने क्रममा २ विकेटले विजयी भएको थियो। यो नै नेपालले एकदिवसीय खेलमा ओमनसँग पहिलो पटक बेहोरेको हार हो।

    त्यसअघि नेपालले ओमानमाथि २०१३ को डिभिजन थ्रीमा २८ रन, २०१० को एसिसी ट्रफीमा ६ विकेट र २००२ को एसिसी ट्रीमा १०५ रनको जित हात पारेको थियो।


    नेपाली टिमको अवस्था
    बुधबार हुने खेलमा नेपालको ओपनिङ कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले गर्ने सम्भावना छ। त्यसका लागि ज्ञानेन्द्र र पारसले अभ्यास खेलमा तयारी गरेका थिए।

    नेपालका मध्यक्रममा आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारीलाई खेलाउने छ। युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र कुशल मल्लको पनि मध्यक्रमका ब्याट्सम्यान हुन्।

    स्पिनमा बलिङमा सन्दीप लामिछाने निर्बिकल्प हुन् भने ललितनारायण राजवंशी र सुसन भारीले पनि नेपाली टिमलाई भर दिनेछन्। तिव्र गतिको बलिङमा करण केसी र अभिनास बोहरा टिममा छन्। युवा बलर कमलसिंह ऐरीको सम्भावन भने कम देखिन्छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast