बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    एमसीसीको फुलफर्म नजान्नेले भ्रम फैलाए : प्रदीप ज्ञवाली

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडाैैैं, २१ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन 'एमसीसी' विरूद्ध भ्रम फैलाएकाे आरोप लगाएका छन् । उनले 

    एमसीसीका विरूद्ध बाहिर आएका कुराहरू अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका हुन् ।

    सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्रराष्टहरूसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उनकाे भनाइ छ ।

    आजदेखि गुल्मीमा सुरू हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसीसीको विस्तृत रूप थाहा नभएकाहरूले यसका विरूद्धमा बजारमा बहस सुरू गरेको टिप्पणी गरे ।

    उनले चुइङ्गम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसीसीका बारेमा अहिले बजारमा चलिरहेको बताए ।

    पार्टीहरू लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरू कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उनले बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै भएको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे ।

    जनताको वर्षौदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast