बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    केन्याका पूर्वराष्ट्रपति ड्यानियल मोईको निधन

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    केन्या, २१ माघ । मंगलबार केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ ।

    उनको ९५ वर्षको उमेरमा निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ ।मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।

    केन्याको राजनीतिमा उनको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ ।

    केन्याका गृहमन्त्रीसमेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast