सोमबार, चैत्र २४, २०७६
    मुभी-थिएटर

    पाँच भाषामा आँउदै रणवीर कपुर र आलिया भट्टको नयाँ फिल्म ‘ब्रह्माश्त्र’

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    मुम्बई, २१ माघ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको नयाँ चलचित्र ब्रह्माश्त्र’ प्रदर्शनमा आउने भएको छ । 

    आयान मुखर्जीको लेखन तथा निर्देशन रहेको बलिउड फिल्म ‘ब्रह्माश्त्र’ पाँच भाषामा प्रदर्शनमा आउने भएको हो ।

    स्टार अभिनेता अमिताभ बच्चन, रणवीर कपुर र आलिया भट्टको अभिनय रहेको उक्त फिल्म ५ भाषामा प्रदर्शनमा आउने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । 

    फिल्म आउँदो डिसेम्बर ४ बाट प्रदर्शनमा आउने छ । यो फिल्म हिन्दी, तामिल, तेलेगु, मलालय र कन्नाडा भाषामा प्रदर्शनमा आउने छ । दुई वर्षबाट प्रदर्शन मिति सम्बन्धमा अलमलमा परेको निर्माण युनिटले अन्ततः प्रदर्शन मिति पनि तय गरेको हो । 

    विभिन्न ३ भागमा निर्माण गरिएको फिल्मका दुई भाग भने कहिले सार्वजनिक गरिने त्यसको तय गरिएको छैन । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast