शुक्रबार, चैत्र २१, २०७६
    आर्थिक खबर

    घट्यो सुन–चाँदीको मुल्य, कति छ तोलाको ?

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडौं, २१ माघ । नेपाली बजारमा मङ्गलबार सुनको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । 

    सोमबार र आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै तेजावी सुनको मुल्य पनि आज घटेर ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । आज भाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast