सोमबार, चैत्र २४, २०७६
    लाइफस्टाइल

    आज वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसमको

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडाैं २१ माघ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले हाल देशको मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

    आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको  सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ २१ गते (मंगलबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

    रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

    माघ २२ गते (बुधबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

    रातीः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    माघ २३ गते (बिहीबार)

    दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

    रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहनुहुने सबैलाई चिसोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast