शुक्रबार, चैत्र २१, २०७६
    यातायात

    बुद्ध एयरको पोखरा–विराटनगर उडान

    सोमबार, २० माघ २०७६, आहाखबर

    पोखरा, माघ २०

    बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर–पोखरा सिधा हवाइ उडान सुरु गरेको छ । यसअघि पोखराबाट काठमाडौं, भैरहवा, भरतपुर उडान भर्दैआएको बुद्धले सोमबारदेखि पोखरा–विराटनगर–पोखरा समेत उडान सुरु गरेको हो ।

    बुद्धको नाइन एन्एईडब्लु जहाजले पहिलो दिन पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेकोमा त्यहाँबाट पनि १८ जना यात्रु बोकी पोखरा आएको जानकारी बुद्ध एयरलायन्सका कम्पनी स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

    गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टिम र बुद्ध एयरका कर्मचारीले पोखरा विमानस्थल अवतरण गर्नासाथ यात्रुलाई खादा ओढाइ सम्मान गरेका थिए ।

    यसैबीच, पर्यटन मन्त्री विकास लम्सालले पोखर देखि विराटनगर उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण वर्ष २०१९—२०२२ लाई टेवा पुग्ने बताए ।

    पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचित प्रदेश १ र गण्डकीबीच सिधा जहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधा जोडेको बताउँदै अब नयाँ पर्यटकिय प्याकेजको रुपमा विकास गरिने जानकारी दिए ।

    यसबाट दुवै प्रदेशमात्र नभई भारतका पर्यटकलाई समेत फाइदा पुग्ने बताउदै मन्त्री लम्सालले पोखरा—विराटनगर हवाई सेवा शुरुवात भएकोमा खुसी व्यक्त गरे ।

    कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने सिलसिलामा सातामा ३ उडान गर्ने गौतम बरालले बताए । जसअनुरुप कम्पनीले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ ।

    बुद्धको जहाज उक्त बार पोखराबाट बिहान ११ः४५ बजे र विराटनगरदेखि दिउँसो १ः१० बजे उडान हुनेछ । एक घण्टा समय लाग्ने उडानमा नेपाली र भारतीयका लागि ६ हजार रुपैयाँ र तेस्रो मुलुकका नागरिकले १ सय ३० डलर तिर्नुपर्नेछ ।

    नेपाल भ्रमण वर्ष–२०२० लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धन गर्न पोखरादेखि विराटनगर सिधा हवाई सेवा जोडेको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast