बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    खाना पकाउने ग्यासको मूल्य बढ्यो, डिजेल/पेट्रोलकाे घट्यो

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडौं, २० माघ

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटबढ गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

    यो मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।

    नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast