शुक्रबार, चैत्र २१, २०७६
    कला-सौन्दर्य

    रवि ओडको प्रेम दिवस लक्षित ‘आउ आउ प्रियसी’ बोलको गित सार्वजनिक

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडौं, २० माघ ।  नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका प्रविशा अधिकारीको ‘आउ आउ प्रियसी’ बोलको गित सार्वजनिक भएको छ । 

    मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियो नजिकै आउँदै गरेको प्रेम दिवसलाई लक्षित गरिएको छ । भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ । 

    केशव बैरागी माइलोको शव्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई  एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ । अन्जन शर्माले निर्देशन गरेको उक्त भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast