सोमबार, चैत्र २४, २०७६
    सावधान

    यातायात व्यवस्था कार्यालयका अधिकृत घुससहित पक्राउ

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडाैं २० माघ

    यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङका अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सवारी कर र प्रदुषबापको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिने शाखा अधिकृत शिवलाल पौडेल र घुस रकम दिने सेवाग्राही दीपक खतिवडालाई पक्राउ गरेको हो ।

    अख्तियारले दुवै जनालाई आइतबार यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ परिसरबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast