शुक्रबार, आषाढ २६, २०७७
    मुभी-थिएटर

    फ्रान्समा नेपाली फिल्म बुलबुललाई पब्लिक च्वाइस अवार्ड

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडौं, २० माघ । नेपाली फिल्म ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको छ । फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको हो ।

    फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ले पब्लिक च्वाइस अवार्ड जितेको छ । निर्देशक विनोद पौडेलले फेसबूकमार्फत अवार्ड जितेको जानकारी गराउँदै खुशी शेयर गरेका छन् ।

    अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स उडेका थिए । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका छ । फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का ‘बुलबुल’ ले नेपालमा पनि कैयन् अवार्ड हात पारिसकेको छ । फिल्ममा विदेश गएका पतिको पर्खाइमा बसेकी एक नारीको जीवनमा आएको उतारचढावलाई देखाइएको छ ।

    मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत शीर्ष भूमिका रहेको यो फिल्म समीक्षात्मक हिसाबले उत्तिकै रुचाइएको थियो । हाल यो फिल्म फोपी एपमा उपलब्ध छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast