सोमबार, चैत्र २४, २०७६
    लाइफस्टाइल

    आज आंशिक बदलीको सम्भावना, कस्तो रहनेछ तीन दिनको मौसम ?

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडौं २० माघ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखीनीय रुपमा मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

    तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जनाएको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ २० गते (सोमबार)

    दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

    माघ २१ गते (मंगलबार)

    दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

    रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

    देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

    माघ २२ गते (बुधबार)

    दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

    रातीः देशभका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast