बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    आठ दिनमा चीनमा बनेको हजार शैयाको अस्पतालको उद्घाटन आज

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाण्डाै २० माघ।

    चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ । 

    बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ । 

    यस्तै चीनले १० हजार शैयाको अर्को अस्पताल पनि बनाइरहेको छ । दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने  राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता जियाओ याहुइले बताएका बीबीसीले जनाएको छ । 

    कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सयभन्दा धेरैको ज्यान गैसकेको छ भने चीन बाहिर हिजो फिलिपिन्समा एक जनाको ज्यान गएको थियो । चीनमा मात्रै १४ हजारभन्दा धेरैमा संक्रमण भएको छ भने चीन बाहिरका विभिन्न २४ देशमा १ सय ५० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast