बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सरकारले नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्‍यो : सभापति देउवा

    आईतवार, १९ माघ २०७६, आहाखबर

    एजेन्सी, १९ माघ

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रताका विषयमा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

    सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको आइतबार उद्घाटन कार्यक्रममा देउवाले सुरक्षित सडक निर्माणका लागि भने सरकारले हस्तक्षेप गर्न नसकेको बताएका हुन्।

    ‘सकारात्मक प्रभाव पार्ने विषयमा हस्तक्षेप नगरी नागरिकका स्वतन्त्रता खोस्न मात्र हस्तक्षेप हुन थालेको छ, सही तरिकाले सडक निर्माण हुन नसक्दा जनता सबै इञ्जिनीयर बनेका छन्, पाखा पहाड जताततै प्राविधिक अध्ययनबिना डोजर लगाएर सडक बनाउँदा दुर्घटना बढेको छ,’  देउवाले भने।

    इञ्जिनीयर राष्ट्रनिर्माता भएकाले सडक, पुलजस्ता पूर्वाधार निर्माण गर्दा सुरक्षित तरिकाले बनाउन लाग्नुपर्ने सुझाव उनले दिए।

    कर्णाली राजमार्गमा बढी दुर्घटना हुने गरेकाले सुरक्षित बनाउन ध्यान दिनुपर्ने, काठमाडौँका सडकमा खन्दै पाइप बिच्छ्याउँदै कहिलेसम्म गर्ने भन्ने निश्चित गर्न पनि सभापति देउवाले माग गरे।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast