बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    भाँडियो दुई राप्रपाको एकता

    आईतवार, १९ माघ २०७६, आहाखबर

    काठमाडौं, १९ माघ

    कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपतिशमशेर राणा एवं प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीचको एक भाँडिएको छ । दुई पार्टीका तीन अध्यक्षबीच एकता वार्ता सुरुभए पनि त्यो सफल हुन सकेन । 

    शुक्रबार राप्रपा अध्यक्ष थापा संयुक्तका अध्यक्ष राणा र लोहनी एकताको अन्तिम वार्ताका लागि महाराजगन्जको एक होटलमा पुगे  । यसअघिका वार्तामा एकतापछिको पार्टीमा तीन अध्यक्ष हुने, राप्रपालाई ५५५ र राप्रपा संयुक्तलाई ४५५ भागवण्डा गर्ने सहमति भएको थियो भने चुनाव चिह्न महाधिवेशनले टुंगो लगाउने अनौपचारिक टुंगो लागेको थियो । 

    पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिमा भइसके पनि दुबै पार्टीका शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको हो । यही विवादले एकता भाँडिएको हो । 

    २०७३ फागुन ६ गते राप्रपा समूहको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २०७४ भदौ २२ गते एकीकृत पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको श्रृंखला चल्दै आएको छ ।

    अहिलेलाई दुबै पार्टी भइरहेको एकता एकता प्रक्रिया भाँडिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरे । ‘देशमा बलियो राष्ट्रवादी पार्टी निर्माण गर्न हाम्रो सकारात्मक र इमानदार प्रयास थियो तर राप्रपा संयुक्तले धोका दिएपछि अहिलेलाई एकता टरेको छ’, श्रेष्ठले भने । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast